मन्त्रिपरिषद् बैठकले गर्यो आधा दर्जन सचिवको सरुवा

0
Shares


प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकले आधा दर्जन सचिवहरूको सरुवा गरेको छ ।

सरकारले गृह सचिवमा भूमि व्यवस्था मन्त्रालयमा कार्यरत टेकनारायण पाण्डेलाई ल्याएको छ । यसैगरी वित्त आयोगका बेगेन्द्र शर्मा पौड्याललाई रक्षा सचिव, प्रधानमन्त्रीको कार्यालयमा कार्यरत वैकुण्ठ अर्याल सञ्चार मन्त्रालयको सचिव बनाएको छ भने प्रदेश नम्बर १ का प्रमुख सचिव सुमन अर्याललाई महालेखा परीक्षकको कार्यालयमा सरुवा गरेको छ ।

यसैगरी कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरेको छ ।

बैठकले कृषि तथा वन सेवातर्फका सहसचिव गोविन्दप्रसाद शर्मालाई सचिवमा बढुवा गरी कृषि सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ भने परराष्ट्र सेवाका तीन उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ । जसमा सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्री रहेका छन् ।

उनीहरुलाई परराष्ट्र मन्त्रालय वा मन्त्रालय अन्तर्गतका कार्यालयमा पदस्थापन गर्ने निर्णय भएको हो ।

सोमबारको मन्त्रिपरिषद बैठकले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश र स्थानीय तहका कर्मचारीका लागि साउन १ देखि नयाँ तलबमान स्वीकृत पनि गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।