नेपाल बैंकको वितरण योग्य नाफा साढे ३ अर्ब, नाफा ३१% ले बढ्यो

0
Shares

सरकारी स्वामित्वको नेपाल बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उल्लेखीय नाफा बृद्धि गरेको छ। बैंकको नाफामा ३१.४० प्रतिशतले बृद्धि भएको छ ।

बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ६ करोड ५४ लाख रुपैयाँ खुद नाफा गरेको छ। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो। बैंकले स्प्रेड बढाएको छ भने खराब कर्जा घटाएको छ जसले गर्दा नाफा वृद्धिमा टेवा पुगेको हो।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४९ करोड ७० लाख रुपैयाँ रहेको छ।

एक खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । जसबाट बैंकले ६ अर्ब ४६ करोड खुद ब्याज आम्दानी गरेको छ ।  ४५ करोड ३४ लाख रुपैयाँ शेयर लगायतको बिक्रीबाट आम्दानी गरेको छ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५८ पैसा बढेर २४ रुपैयाँ २६ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.२६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २६३ रुपैयाँ १९ पैसा रहेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।