मेगा बैंकको नाफा ४५%ले बढ्दा वितरण योग्य नाफा साढे एक अर्ब बढी

0
Shares

मेगा बैंकले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा ४५.१६ प्रतिशतले खुद नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

मेगा बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष मेगा बैंकको यस्तो नाफा १ अर्ब ५८ करोड रुपैयाँ थियो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ४५.१६ प्रतिशत बढी हो।

ब्याज आम्दानी, कमिसन तथा अन्य संचालन आम्दानी बढ्दा मेगा बैंकले ४५ प्रतिशतले नाफा बढाउन सकेको हो । मेगा बैंकको गतवर्ष ब्याज आम्दानीबाट ५ अर्ब ८० करोड कमाएको छ । जुन अघिल्लो वर्ष ४ अर्ब १७ करोड थियो ।

१४ अर्ब ६५ करोड चुक्ता पूँजी रहेको मेगा बैंकको वितरण योग्य नाफा १ अर्ब ५१ करोड गरेको छ । मेगा बैंकले असार मसान्तसम्ममा १ खर्ब ३६ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ३७ अर्ब कर्जा लगानी गरेको छ । बैंकको निक्षेप ७.०४ प्रतिशत र कर्जा २४.२८ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६४ पैसा बढेर १५ रुपैयाँ ७१ पैसा पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात २३.२ गुणा, प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ११ पैसा छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।