एभरेष्ट बैंकको नाफा १८२ करोड, वितरण योग्य रकम २३६ करोड

0
Shares

एभरेष्ट बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २७.३४ प्रतिशतले नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवमा बै.कले २ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको नाफा ६८ करोड ७९ लाख रुपैयाँले घटेको हो।

बैंकको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.४३ प्रतिशत घटेको छ । त्यस्तै खुद फि तथा कमिशन आम्दानी, सञ्चालन मुनाफा पनि घटेको छ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ रहेको छ।

बैंकले सो अवधिमा १ खर्ब ६० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ३ अर्ब ९६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

बैंकको चुक्ता पुँजी ८ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ १० पैसा घटेर २० रुपैयाँ ४६ पैसा कायम भएको छ। बैंकको मूल्य आम्दानी अनुपात ३५.९ गुणा तथा प्रतिशेयर नेटवर्थ २३२ रुपैयाँ ५८ पैसा छ। बैंकको खराब कर्जा अनुपात ०.१२ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।