सांग्रिला बैंकको नाफा बढेसँगै इपीएसमा उल्लेख्य सुधार

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०७७/७८ चौथो त्रैमाससम्म खूद नाफामा उल्लेख्य सुधार गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकले खूद नाफा ११८.१८ प्रतिशतले बढाएको हो । अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म १९ करोड १० लाख रुपैयाँमा सीमित नाफा बढेर यो वर्ष ४१ करोड ६९ लाख रुपैयाँ पुगेको हो ।

अघिल्लो वर्षको यही अवधिसम्म २६ करोड ७७ लाख रहेको संचालन मुनाफामा समेत उत्साहजनक वृद्धि भई ५६ करोड १ लाख पुगेको छ।

कोभिड कहरमै पनि व्यवसाय वृद्धि भएका कारण खूद ब्याज आम्दानी समेत बढेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म १ अर्ब ५ करोड रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष १ अर्ब १९ करोड ७९ लाख पुगेको हो।

 बैंकको अपरिस्कृत वित्तीय विवरणअनुसार २ अर्ब ७३ करोड चूक्तापुँजी रहेको बैंकको वितरणयोग्य मुनाफा २८ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा सांग्रीला बैंकले ४२ अर्ब ८४ करोड बढी निक्षेप संकलन गरी ३६ अर्ब २३ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा निक्षेप र कर्जातर्फ क्रमशः ४६.४८ र ५१.८४ प्रतिशतको बढोत्तरी भएको हो ।

अघिल्लो वर्ष १५ करोड ३४ लाखमा सीमित रिटेन अर्निङ बढेर यो वर्ष ३० करोड ४६ लाखको उचाईमा पुगेको छ भने ५४ करोड ५९ लाखमा सीमित रिजर्बको आकार बढेर ६७ करोड ५२ लाख पुगेको छ ।

बैंकले नाफामा उल्लेख्य प्रगति गरेसँगै प्रतिसेयर आम्दानी(इपीएस) समेत ह्वात्तै बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ७.३३ रुपैयाँ मात्र रहेको इपीएस बढेर यो वर्ष १५.२३ रुपैयाँ पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १.४० प्रतिशत, कस्ट अफ फण्ड ५.९६ प्रतिशत, आधार दर ८.५४ प्रतिशत रहेको छ । असार मसान्तको प्रतिसेयर नेटवर्थ १३५.८१ रुपैयाँ, मूल्य आम्दानी अनुपात २७.८३ गुणा र क्यापिटल एडेक्वेसी रेसियो ११.८६ प्रतिशत रहेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।