नबिल बैंकको वितरणयोग्य नाफा ४ अर्ब बढी, लाभांश क्षमता ३१ प्रतिशत

0
Shares

नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा अधिकांश सूचकमा उत्साहजनक प्रगति गरेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत वर्ष बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशत बढी ४ अर्ब अर्ब ५० करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा नवील बैंकको खूद नाफा ३ अर्ब ४६ करोड थियो ।

यस्तै बैंकको वितरणयोग्य नाफा ४ अर्ब १४ करोड ६२ लाख रुपैयाँ रहेको छ । चुक्ता पूँजी १३ अर्ब ८४ करोड रुपैयाँ रहेको बैंकले आर्जन गरेको यो नाफाले शेयरधनीलाई ३१ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने क्षमता राख्दछ ।

बैंकले गत आवमा २ खर्ब २३ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ९८ अर्ब बढी कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप १७.१२ र कर्जा ३३.८० प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा ६ अर्ब ९८ करोड रहेको खूद ब्याज आम्दानी बढेर ७ अर्ब ७२ करोड ५ अर्ब ९ करोडमा सीमित सञ्चालन नाफा बढेर ६ अर्ब ४३ करोड पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.६४ प्रतिशत, सञ्चालन नाफा २६.३५ प्रतिशत बढेको हो । बैंकको रिटेन अर्निङमा ४ अर्ब ३० करोड र जगेडा कोषमा १५ अर्ब २ करोड सञ्चित छ ।

बैंकको प्रतिशेयर आम्दानी ३२.५४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २४०.७३ रुपैयाँ, खराब कर्जा अनुपात ०.७८ प्रतिशत, कस्ट अफ फण्ड ४.४१ प्रतिशत, आधार दर ५.८६ प्रतिशत, र मूल्य आम्दानी अनुपात ४०.६९ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।