सहुलियतपूर्ण कर्जा कार्यक्रममा एक खर्ब २२ अर्ब लगानी

0
Shares

कोरोनाबाट प्रभावित व्यवसायीलाई प्रदान गर्नका लागि अगाडि सारिएको पुनरकर्जा, सहुलियतपूर्ण कर्जा कार्यक्रममा एक खर्ब २२ अर्ब ७० करोड बराबरको लगानी भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म एक लाख चार हजार १०९ ऋणीले सहुलियतपूर्ण कर्जा लिएका छन् । आव २०७७/७८ मा कूल रु एक खर्ब ४८ अर्ब ७५ करोड पुनरकर्जा स्वीकृत भएको थियो । यस अघिको सहुलियतपूर्ण कर्जा प्रवाहसमेत गरी रु एक खर्ब ६१ अर्ब ४४ करोड कर्जा बक्यौता रहेको छ ।

यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ४६ हजार ५७ ऋणीलाई प्रवाह भएको छ । सो शीर्षकमा रु एक खर्ब ६ अर्ब ९८ करोड बराबरको कर्जा उपलब्ध भएको छ ।

महिला उद्यमशील कर्जाअन्तर्गत ५५ हजार ५५१ महिला उद्यमीलाई प्रवाह भएकामा रु ५० अर्ब ९८ करोड कर्जा पुगेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार ५०१ ऋणीको रु तीन अर्ब ४८ करोड कर्जा बक्यौता रहेको छ ।

“व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीमा खर्च भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।