विकास बैंकहरुको निक्षेप तथा कर्जा दुवैमा बढोत्तरी, कर्जाको माग अत्याधिक

0
Shares

भदौ महिनाको तेस्रो सातामा विकास बैंकहरुको निक्षेप तथा कर्जा दुवै बढेको छ । राष्ट्रिय तथा क्षेत्रियस्तरका विकास बैंकहरुमा कर्जाको माग बढिरहदा निक्षेप पनि सुधार आउन थालेको छ ।

एक सातामा १५ वटा विकास बैंकहरुमा एक अर्ब ४० करोड ८६ लाख रुपैयाँ निक्षेप थपिएको छ । गत भदौं १२ गतेसम्म विकास बैंकहरुको निक्षेप ४ खर्ब ८७ अर्ब १४ करोड ११ लाख रुपैया निक्षेप रहेकोमा भदौ १८ गतेसम्म ४ खर्ब ८८ अर्ब ५४ करोड ९८ लाख रुपैयाँ पुगेको छ । एक सातामा विकास बैंकहरुको निक्षेप ०.२९ प्रतिशत अर्थात १ अर्ब ४० करोड ८६ लाख रुपैयाँले बढेको हो ।

यसअवधिमा राष्ट्रिय स्तरका विकास बैंकहरुको १ अर्ब ६६ करोड १४ लाख रुपैयाँले बढ्दा क्षेत्रियस्तरका विकास बैंकहरुको निक्षेप २५ करोड २७ लाखले घटेको हो । डेभलपमेन्ट बैंकर एशोसिएसन नेपालका अनुसार राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप ०.४० प्रतिशतले बढ्दा क्षेत्रियस्तरका विकास बैंकको निक्षेप ०.३५ प्रतिशतले गिरावट आएको हो।

त्यस्तै भदौ १२ सम्ममा १५ विकास बैंकहरुले ४ खर्ब २९ अर्ब ३४ करोड ७२ लाख रुपैयाँमा कर्जा प्रवाह गरेकोमा भदौ १८ गतेसम्म ४ खर्ब ३३ अर्ब ८ करोड ५८ लाख रुपैयाँ पुगेको छ । यसवअधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको ऋण लगानी ०.९३ प्रतिशतले बढेको छ। यो अवधिमा कर्जा प्रवाह ३ अर्ब ३७ करोड रुपैयाँले बढेर ३ खर्ब ६५ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। यस्तै क्षेत्रियस्तरका विकास बैंकहरुको कर्जा लगानी ०.५४ प्रतितशले बढेको छ ।

डेभलपमेन्ट बैंकर एशोसिएसन नेपालले उपलब्ध गराएको तथ्यांकमा १८ वटा विकास बैंक सञ्चालनमा रहे पनि यो १५ वटाको मात्रै उपलब्ध छ । हाल ८ वटा राष्ट्रिय स्तरका विकास बैंक सञ्चालनमा छन् । उक्त तथ्याकंमा विजनेश कर्पोरेट डेभलपमेन्ट बैंक, सहारा विकास बैंक र साल्पा विकास बैंकको तथ्याकं समावेश गरिएको छैन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।