नेपाल बैंकका कर्मचारीको मिलोमतोमा ४२ लाख ठगी

0
Shares

नेपाल बैंकमा कार्यरत एक कर्मचारीले नक्कली बैंक ग्यारेन्टीको आधारमा भुक्तानी दिएर ४२ लाख ठगी गरेको पाइएको छ ।

बैंकको मंलगवा शाखा, सर्लाहीको सहायक पदमा कार्यरत सन्तोष बिक्रम शाहसमेत ३ जनाले बैंकलाई ४२ लाख हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ ।

नेपाल बैंक लिमिटेड मलंगवा शाखाबाट नक्कली अग्रिम भुक्तानी जमानत बनाई ४२ लाख भुक्तानी लिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएको आयोगको भनाई छ ।

सर्लाही जिल्लाको लालवन्दी नगरपालिका भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैँक ग्यारेन्टीको आधारमा भुक्तानी गरेको, हाल भवन बन्ने काम रोकिएको भन्ने उजुरी उपर अनुसन्धान हुँदा यस्तो तथ्य फेला परको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

बैंक ठगीमा संलग्न नेपाल बैंक मंलगवा शाखा, सर्लाहीको ऋण फाँटमा सहायक पदमा कार्यरत सन्तोष बिक्रम शाह, लोकबीर बेताली/पाँच कुमारी जे.भी.का पार्टनरहरु अनिल गुप्ता र शिब नन्दन पासवानलार्य अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आरोप–पत्र दायर गरिएको आयोगले जनाएको छ ।

शाहले सर्लाही जिल्लाको लालबन्दी नगरपालिका भवनको निर्माण गर्ने क्रममा लोकबीर बेताली/पाँच कुमारी जे.भी.का पार्टनरहरु अनिल गुप्ता र शिब नन्दन पासवानसगँको मिलोमतोमा ४२ लाखको नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी तयार गरेको र सोही आधारमा भुक्तानी लिएको देखिएकोले आयोगले जनाएको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।