सुनचाँदीको मूल्यमा गिरावट जारी, आइतबार तोलामा ४०० ले घट्यो भाउ

0
Shares


नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रमले निरन्तरता पाएको छ । तिजको दिन बिहीबार घटेर शुक्रबार १०० रुपैयाँले बढेको सुनको भाउ आइतबार फेरि तोलामा ४०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आइतबार सुन तोलाको ४०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार ३०० रुपैयाँ, तेजावी सुनको भाउ ८९ हजार ८०० रुपैयाँ र चाँदी भाउ तोलाको १ हजार १९५ रुपैयाँ कायम गरिएको छ ।

शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर छापावाला सुन तोलाको ९० हजार ७०० रुपैयाँ, तेजावी ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।