एचआईडिसिएलको हकप्रद बाँडफाँड, साढे ३ करोड कित्ता शेयर लिलामीमा आउने

0
Shares

हाइड्रोईलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडले बिक्री गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ । हकप्रदमा बिक्री नभएको साढे ३ करोड बढी कित्ता लिलामीमा आउने भएको छ ।

कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म विक्री गरेको ११ अर्ब बराबरको हकप्रद शेयर भदौ २६ गते बाँडफाँड भएको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजीको एक बराबर एक अनुपातमा ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका १ लाख ९६ हजार ४२४ जनालाई ७ करोड ३६ लाख ७० हजार २७६ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीको ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता हकप्रद शेयर वितरण हुन सकेन । कम्पनीले अब उक्त शेयर लिलामी प्रकृयाबाट बिक्री गर्नेछ ।

हकप्रद शेयर खरीदका लागि आफ्नो कायम हकभन्दा बढी शेयर माग गरी आवेदन दिएका आवेदकहरुको हकमा बाँडफाँडमा नपरेका हकप्रद शेयर बापतको रकम भदौ ३१ गतेदेखि सम्बन्धित आवेदकहरुको बैंक खातामै रकमान्तर गरिने शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।