सोमबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


सोमबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँ र चाादीको १५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ८८ हजार ९०० रुपैयाँ, तेजावी सुनको भाउ ८८ हजार ४५० रुपैयाँ र चाँदीको भाउ १ हजार १३५ रुपैयाँ कायम गरिएको छ ।

आइतबार छापावाला सुन तोलाको ८९ हजार १०० रुपैयाँ, तेजावी ८८ हजार ६५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।