दशैँमा बाइक तथा स्कुटर किन्दा बम्पर अफर, सुनको तासदेखि १० लाख नगद

0
Shares

नेपालीहरुको महान पर्व दशैं नजिकिदै गर्दा विभिन्न बाइक तथा स्कुटर बिक्रेता कम्पनीहरुले बम्पर अफरहरु सार्वजनिक गरेका छन् ।

दशैं तिहारमा सबैले केही न केही खरिद गर्ने योजना पक्कै पनि बनाएका हुन्छन् । कतिपय ग्राहकले चाँडवाँड कहिले आउला र बम्पर छुटको अवसरमा बाइक तथा स्कुटर किँनौला भनेर बसेका हुन्छन् ।

विशेष गरी यी चाडपर्वका अवसरमा सवारीसाधन कम्पनी तथा डिलरहरूले धेरै किसिमका अफर सार्वजनिक गर्दछन् । एकातिर बोनस, भत्ता, दशैं खर्च आदि आउने र ग्राहकको आम्दानी बढ्ने अनि अर्कातिर सवारी साधनमा ठूलो छुट पाइने ! अनि यस्तो बेलामा नकिनेर कहिले किन्ने ?

यसैकारणले पनि चाँडबाँडका समयमा दुई पाङग्रे तथा चार पाङग्रो सवारी साधनको खरिदबिक्री वृद्धि हुने गरेको छ । गत वर्ष कोरोना माहामारीले सवैजसो व्यापार व्यवसाय ठप्प भएका थिए । धेरैका रोजगारी गुमेका थिए । तर यो वर्ष चाँडवाँड नजिकिए संगै व्यापार व्यवसायहरु पनि मौलाउन थालेका छन् भने रोजगारीबाट पलायन भएका धेरै जसो मानिस रोजगारीमा आवद्ध भइसकेका छन् । चाँडबाँडको समयमा बोनस आउने र विभिन्न अफरहरु आउने हुनाले ग्राहकहरुले अन्य सामाग्री जस्तै सवारी किन्ने सोच बनाएका हुन्छन् ।

उक्त कुरालाई मध्यनजर गर्दै हामीले दशैं र तिहारमा कुन सवारीसाधन बिक्रेता कम्पनीले कस्तो खालको अफर प्रदान गरेका छन् भन्ने विषयमा एक सामाग्री तयार पारेका छौँ ।

यमाहा मोटर्स

यमाहा माटर्सले दशै नजिकिदै गर्दा विशेष खालको अफर ल्याएको छ । मोटर्सले दशैको अफरमा यमाहाका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरुका लागि विशेष अफर ल्याएको हो ।

कम्पनीका अनुसार यस अफरमा मोटरसाइकल तथा स्कुटर खरिद गर्दा नै ८ हजार देखि १ लाख सम्मको नगद डिस्काउन्ट र हरेक हप्ता लक्कि ड्र मार्फत एकजनालाई ४ तोला सुनको तास (एक्का) प्रदान गरिने छ । साथै बम्पर प्राइजमा एकजनाले १२ तोला बराबरको सुनको एक्का प्राप्त गर्ने कम्पनीले जनाएको छ।

टिभिएस नेपाल

टिभिएस नेपालले पनि आँउदै गरेको दशैलाई लक्षित गरि आफ्नो विषेश अफर सुरु गरीसकेको छ । टिभिएस नेपालले “६ प्राइजको सप्राइज” नामक अफर ल्याएको हो । जसमा टिभिएसका मोटरसाइकल तथा स्कुटर किन्दा ६ पटक सम्म जित्ने मौका पाइने कम्पनीले जनाएको छ । त्यसमा पनि अझ गज्जबको अफर नकिन्दै १ लाख सम्म पाइने अवसर हो । जसका लागि यो लिंकमा गएर इन्ट्री गराउनु पर्नेछ । https://tvsnepal.com/dashain/form

त्यसैगरी टिभिएसका मोटरसाइकल तथा स्कुटर किन्दा खेरी १० लाख सम्म नगद, दैनिक रियलमी सि २० स्मार्टफोन, हरेक हप्ता १०० प्रतिशत क्यास ब्याक, हरेक महिना अपाचे आरआर ३१० बाइक र बम्परमा प्रोटोन सागाको कार जित्न सकिने छ ।

बिजेताको घोषणा हरेक शुक्रबार बेलुका ६ बजे हिमालय टिभि एच डिबाट गरिने कम्पनीले जनाएको छ ।

अप्रिला नेपाल

अप्रिला नेपालले पनि अरु जस्तै दशैँको अवसर पारेर भेस्पा र अप्रिलाका हरेक खरिदमा विषेश अफर ल्याएको छ ।

कम्पनीले भेष्पा/अप्रिलाको खरिदमा १ लाख सम्मको नगद छुट, शून्य प्रतिशत ब्याजदरमा फाइनान्स, १० हजार सम्म एक्स्ट्रा भ्यालुएशन अन एक्सचेन्ज, हरेक हप्ता वन प्लस नार्ड २ (फोन) र बम्पर प्राइजमा भेस्पा एस एक्स एल १२५ को व्यवस्था गरेको छ ।

हिरो

हिरो मोटरसाइकल कम्पनीले पनि वडा दशैंको अवसर पारेर आफ्ना मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकका लागि विशेष अफर ल्याएको छ ।

कम्पनीले दशैको बेला हिरोको मेला भन्ने योजना अन्र्तगत बम्पर, पक्का डिस्काउन्ट र स्क्रयाच मार्फत विभिन्न अफरहरु ल्याएको हो ।

कम्पनीको अनुसार हिरोका मोटरसाइकल तथा स्कुटर किन्दा ६ हजार सम्म पक्का डिस्काउन्ट र १ लाख सम्म बम्पर उपहार । त्यसैगरी हरेक स्क्रयाचमा १ लाख रुपैयाँ सम्म क्यास जित्न सकिने छ ।

साथै सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य प्रतिशत व्याजदरमा ५० प्रतिशत फाइनान्स रहेको कम्पनीले जनाएको छ ।

होन्डा

होन्डा कम्पनीले पनि चाडपर्वको अवसर पारेर आफ्ना बम्पर अफरहरु सार्वजनिक गरीसकेको छ ।

कम्पनीले ७ प्रदेश ७ विजेता र ७ लाख अफर साथै १५ लाख सम्मको बम्पर अफर सार्वजनिक गरेको हो । कम्पनीका अनुसार होन्डाले नेपालमै पहिलो पटक ७ प्रदेशलाई समावेस गरेर हरेक प्रदेशबाट १ जनालाई १ लाख जिताउने भएको हो ।

यस अफरमा स्क्र्याच कुपनमा १ लाख सम्मको क्यास ब्याक, स्पेयर पार्टसमा ७ वर्षका लागि ७ प्रतिशत छुट र ७ वर्ष सम्म  फ्रि सर्भिसिङ (कुपन) को व्यवस्था गरेको छ । साथै बिग बाइकमा ३५ हजार सम्म क्यास ब्याक हुने कम्पनीले जनाएको छ ।

बजाज

बजाज कम्पनिले पनि दशैको अवसर पारेर आफ्ना अफरहरु बजारमा ल्याइसकेको छ । कम्पनीले आउँदै गरेको दशैको अवसर पारेर “बजाज खुसीको ३ डोज ” ल्याएको हो ।

जसमा ग्राहकले बजाजका बाइक किन्दा मात्र हाइन किन्नु अघि र किने पछि पनि नगद उपहार पाइने छ ।

कम्पनीका अनुसार यस अफरमा १० हजार रुपैयाँ सम्म किन्नु अघि, १ लाख सम्म किन्दा खेरी र किनेपछि मोटरसाइकल खरिद गरेका ग्राहकहरु ३ डोज अन्तर्गत हुने लक्कि ड्र मा समावेश हुनेछन । जस अन्तर्गत हरेक महिना १ जना भाग्यशाली ग्राहकले रु. १० लाख नगद जित्नेछन् ।

भिजि सुजुकी नेपाल

भिजि सुजुकी नेपालले पनि दशैको अफर पारेर आफ्ना अफरहरु सार्वजनिक गरिसकेको छ । कम्पनीले “दशैँ आयो अमंग छायो क्यासब्याक र बम्पर पायो ” भन्ने अफर सार्वजनिक गरेको हो ।

जसमा भिजि सुजुकीको बाइक अथवा स्कुटरको खरिदमा १० हजार सम्मको पक्का सट नगद छुट, १ वर्ष सम्म निशूल्क सडक कर, फार्थनायट बम्पर अन्र्तगत इनटडर उपहार हरु । साथै एक्सचेन्ज सुविधा र फाइनान्स सुविधा पनि रहेको छ ।

फोरनाइट बम्परको बिजेता हरेक दास्रो हप्ता पछि भिजि सुजुकी नेपालको अफिसियल फेसबुक पेज मार्फत लाइभद्धारा छनौट गरिने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।