माछापुच्छ्रे बैंकले एक अर्ब २६ करोड बराबरको बोनस वितरण गर्ने

0
Shares

माछापुच्छ्रे बैंकले आर्थिक बर्ष २०७७÷७८ को खुद मुनाफाबाट शेयरधनीहरुलाई चूक्ता पूँजीको १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंक संचालक समितिको असोज ६ गते बुधबार बसेको बैठकले चूक्ता पूँजीको १४ प्रतिशत अर्थात १ अर्ब २६ करोड ७४ लाख ३२ हजार ६३२ रुपैयाँ बराबरको लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश अन्तर्गत बैंकले १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने निर्णय गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैंया ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ संचित छ।

बैंकले देशभरका १६२ वटा शाखाहरु र १७५ शाखारहित बैकिङ्ग सेवा, ७ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३४४ स्थानवाट १० लाख भन्दा बढि ग्राहकलाई बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०३ वटा एटीएमहरु संचालनमा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।