सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश


सिटिजन्क बैंकले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई बितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस शेयर र ३.०८७ प्रतिशत नगद लाभांश प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले बोनस र नगद गरी १६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ५७ करोड ६९ लाख रुपैंया छ । प्रस्तावित बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी १२ अर्ब ७० करोड २७ लाख रुपैंया हाराहारी पुग्नेछ ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको बोनस तथा नगद लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पछि आगामी साधारण सभाबाट पारित भए पछि मात्र शेयरधनीले पाउने छन् ।

अघिल्लो आर्थिक वर्षमा बैंकले ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश बितरण गरेको थियो । विभिन्न संस्थाहरुलाई गाभेर पूँजी बढाउने अभियानमा रहेको बैंकले पूँजी सँगै लाभांश क्षमता पनि बढाउँदै लगेको थियो ।

पछिल्लो पटक मात्र सिटिजन्सले तिनाउ मिशन डेभलपमेण्ट बैंक र सिर्जना फाइनान्सलाई विलय गरी एकीकृत कारोबार सुरु गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।