साल्ट ट्रेडिङको कात्तिक १६ गते एजिएम आह्वान, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ शेयरधनी ?

0
Shares

साल्ट ट्रेडिङ कर्पोरेसन (STC) ले कात्तिक १६ गते अघिल्लो आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारण सभा आह्वान गरेको छ । 

कम्पनीले संस्थाको केन्द्रीय कार्यालय कालिमाटीमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सभा बोलाएको हो ।

सभामा सञ्चालक समितिले गत चैत २३ गते सम्पन्न सञ्चालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २५ प्रतिशत लाभांश अनुमोदनको प्रस्ताव पारित हुनेछ । जसअनुसार चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद रहेको छ ।

त्यस्तै सभामा आव २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान सहितको वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुनेछन् । त्यस्तै ऋण सुविधा लिने स्वीकृति उपर पनि छलफल गर्ने प्रस्ताव सभामा राखिएको छ ।

साधारण सभा तथा लभांश वितरण प्रयोजनका लागि कम्पनीको असोज १४ गते सम्पन्न सञ्चालक समिति बैठकले कात्तिक २ गते मंगलबारदेखि १६ गतेसम्म शेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । यस अनुसार कात्तिक १ गते सोमबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

कम्पनीको लाभांश साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

साल्ट ट्रेडिङको लाभांश घट्यो, कति बाँड्दैछ ?

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।