नेपाल बैंकको लाभांश प्रस्ताव, १४ प्रतिशत बोनस दिँदा नगद कति ?

0
Shares

नेपाल बैंक (NBL) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ३ प्रतिशत नगद लाभांश गरि कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र नेपाल सरकारको स्वीकृतिपछि तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

बैंकले अघिल्लो आव २०७६।७७ बाट भने १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश वितरण गरेको थियो भने आव २०७५।७६ मा १५ प्रतिशत बोनस र १० प्रतिशत नग गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ६३ करोड ६७ लाख रुपैयाँ छ । १ अर्ब ७६ करोड ९१ लख रुपैयाँ बराबरको बोनस वितरणपछि बैंकको चुक्ता पूँजी १४ अर्ब ४० करोड ५८ लाख पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।