माछापुच्छ्रे बैंकको अधिकांश सूचकमा उत्साहजनक सुधार, ५६% बढ्यो नाफा

0
Shares

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमास अर्थात तीन महिना अवधिमा ५६ करोड १५ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५५.५९ प्रतिशत धेरै हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३६ करोड ९ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद नाफा बढेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी पनि ७.७४ रुपैयाँले बढेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी २४.८१ रुपैयाँ छ । गत आवको पहिलो त्रैमासमा बैंकको वार्षिक इपिएस १७.०७ रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १८ करोड ७३ लाख ६५ हजार रुपैयाँ रहेको छ । यसबाट बैंकले वार्षिक ८.२८ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । यद्यपी शेयरधनी कोषमा सञ्चित रकम अनुसार बैंकले लगानीकर्तालाई थप लाभांश वितरण गर्न सक्दछ ।

आज सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले १ खर्ब ३० अर्ब ६४ करोड १० लाख रुपैयाँ निक्षेप संकलन तथा १ खर्ब २७ अर्ब १४ करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले १ अर्ब २६ करोड ८७ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा ८० करोड ५१ लाख ६९ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी ९ अर्ब ५ करोड ३० लाख ९४ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब ८८ करोड ३६ लाख र शेयरधनी कोषमा १ अर्ब ४५ करोड ९० लाख रुपैयाँ र शेयर प्रिमियममा ३ करोड ८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा जगेडा कोष १४.९५, शेयरधनी कोष १४.७४, कर्जा लगानी ११.९६, खुद ब्याज आम्दानी ३२.८० र सञ्चालन नाफा ५३.८६ प्रतिशतले बढेको छ । बैंकको निक्षेप संकलन भने निक्षेप संकलन ०.७४ प्रतिशतले घटेको छ ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात बढेर ०.५०, कोषको लागत ५.६६, आधार ब्याजदर ७.६३, स्पेडदर ३.३८, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.१० प्रतिशत, प्रतिशेयर नेटवर्थ १४८.३० रुपैयाँ र मूल्य आम्दानी अनुपात २४.८१ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।