एनसीसी बैंकको अधिकांश सूचक सुधारियो, कमायो करिब ५२ करोड खुद नाफा

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (NCCB) ले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमास अर्थात तीन महिना अवधिमा ५१ करोड ८० लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.८३ प्रतिशत धेरै हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३३ करोड ४५ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद नाफा बढेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी पनि ५.७८ रुपैयाँले बढेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी २०.०९ रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा बैंकको वार्षिक इपिएस १४.३१ रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १७ करोड ९९ लाख ४० हजार रुपैयाँ रहेको छ । यसबाट बैंकले वार्षिक ६.९८ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । यद्यपी शेयरधनी कोषमा सञ्चित रकम अनुसार बैंकले लगानीकर्तालाई थप लाभांश वितरण गर्न सक्दछ ।

आज सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले १ खर्ब १५ अर्ब ७ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन तथा १ खर्ब ९ अर्ब १५ करोड ८६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ९३ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा ७२ करोड ४ लाख २ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ७२ करोड ४० लाख र शेयरधनी कोषमा ९३ करोड २७ लाख ६१ हजार रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा जगेडा कोष ७.७८, शेयरधनी कोष २३.९०, निक्षेप संकलन ७.८८, कर्जा लगानी १५.४७, खुद ब्याज आम्दानी १७.३१ र सञ्चालन नाफा ५७.६९ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर १.४८, कोषको लागत ६.१३, आधार ब्याजदर ८.१२, स्पेडदर ३.३३, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८९.९६ प्रतिशत, प्रतिशेयर नेटवर्थ १४५.८० रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.९८ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।