आक्रमक बन्दै राजस्व अनुसन्धान विभाग, दशैंपछि १७ वटा मुद्धा दर्ता


राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गर्ने उपर कार्वाही प्रकृयालाई तिब्र बनाएको छ । दशैंपछि मात्र विभागले १७ वटा व्यवसायिक फर्मका सञ्चालक तथा प्रोप्राइटरका विरुद्धा उच्च अदालत पाटनमा मुद्धा दर्ता गरेको छ । विभागका महानिर्देशक प्रकाश पौडेलका अनुसार दशैं पछि अदालत खुलेपछि दर्ता गरिएका १७ वटा मुद्धाबाट २ अर्ब २४ करोड ४५ लाख बिगो असुल उपर गरी जरिवाना र हदैसम्मको कैद सजाय समेत माग गर्दै अदालतमा मुद्धा दर्ता गरिएको हो ।

नोटबजारसँगको कुराकानीमा विभागका महानिर्देशक पौडेलले राजश्व चुहावट गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याउन विभागले तिब्र रुपमा काम गर्ने बताए ।

अनुसन्धान प्रकृयालाई चुस्त बनाउँदै मुद्धा दर्ताको काममा कुनै किसिमको ढिलासुस्ती नगर्ने बताए । राज्यलाई ढाँटेर अकुत सम्पत्ती आर्जन गर्ने जो कोही विरुद्ध पनि विभागले निर्दयी बनेर कार्वाही गर्ने महानिर्देशक पौडेलले बताए ।

बुधबारसम्ममा झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग तथा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको कसुरमा उल्लेखित फर्महरुका बिरुद्ध मुद्धा दर्ता गरिएको हो । मुद्धा दर्ता गरिएका फर्महरु विरुद्ध राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ अनुसार मुद्दा अघि बढ्ने महानिर्देशक पौडेलले जानकारी दिए ।

सांग्रिला ट्रेड एण्ड सप्लायर्सका पलट राउत अहिर, प्रिन्स इन्टरनेशनलका रामचन्द्र माझी, मयंक इन्टरप्राइजेजका अब्दुलाह महमद देवान साह, शुभ लक्ष्मी इन्टरनेशनलका राजदेव रायभर, र न्यू महादेव इन्टरनेशनलका गुलसन श्रीवास्तव, नन्द किशोर शर्मा र रामबाबु ठाकुर हजामसँग ५३ करोड ८१ लाख ८३ हजार २६० रुपैंया विगो दाबी र शतप्रतिशत जरिवाना माग गर्दै मुद्धा दर्ता गरिएको विभागले जनाएको छ ।

त्यसै गरी महालक्ष्मी ट्रेड कन्सर्न र सौभाग्य इन्टरनेशनलका संजयप्रसाद कलवार र प्रदीप पासवानसँग २३ करोड २० लाख १५ हजार ८२ रुपैंया विगो दाबी तथा शतप्रतिशत जरिवाना सहित कार्वाहीको माग गर्दै मुद्धा दर्ता भएको हो ।

चन्दन सप्लायर्सका चन्दन पटेल, लक्ष्मीपती बालाजी ट्रेड लिङ्कका मनिर असारी, न्यू देव इन्टरप्राइजेजका इन्द्रदेव महतो नोनीया र नवराज प्रसाद उपाध्याय, जे. गुरुङ एण्ड एसोसिएट्सका जगन्नाथ गुरुङ, मरहठ्ठा एण्ड कम्पनीका कृष्णहरी मरहठ्ठा र सेढाइ एण्ड एसोसिएट्सका काशिनाथ शर्मा सेढाइले ३५ करोड २२ लाख ३६ हजार ४८४ रुपैंया राजश्व हिनामिना गरेको भन्दै सो रकम विगो र शतप्रतिशत रकम सजाय वापत असुल गर्न माग गर्दै मुद्धा दर्ता गरिएको विभागका महानिर्देशक पैडेलले बताए ।

हनुमान सप्लायर्सकी सिमरन कुमारी गुप्ता, महावीर सप्लायर्सकी पुजा पराजुली र उल्लेखित दुवै फर्मका मुख्य कारोबारी प्रदीप कुमार गुप्तासँग पनि बिगो तथा जरिवाना गरी गरी ६५ करोड ९३ लाख ५८ हजार ४२८ रुपैंया असुल गर्न माग गर्दै मुद्धा दर्ता भएको हो ।

डिलाइट इन्टरप्राइजेजका जगदिश महतो नुनिया, सुवोध साह, बैजु कुमार साह, इङ्गनाम एसोसिएट्सका सुरेन्द्र कुमार इङ्गनाम र गोपाल एण्ड कम्पनीका गोपाल प्रसाद अर्यालसँग पनि बिगो र जरिवाना समेत गरी २९ करोड ७३ लाख ३ हजार ८२ रुपैंया असुल गर्न माग गर्दै विभागले उच्च अदालत पाटनमा मुद्धा दर्ता गरेको हो ।

जि.एम. इम्पोर्ट एण्ड एक्सपोर्टका सुरेश सहनी मलाह, र रामप्रसाद महतो धानुकबाट पनि २८ करोड २६ लाख ९८ हजार ९५२ रुपैंया बिगो तथा जरिवाना असुल गर्न माग गर्दै मुद्धा दर्ता गरिएको हो ।

अंसार मंजिल ट्रेडर्सका मोहम्मद जाविर अंसारीले भन्सार चोरी पैठारी गरी भन्सार, मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावट गरेको देखिएकाले २५ करोड ७४ लाख ८२ हजार ४९६ रुपैंया बिगो तथा जरिवाना माग गर्दै मुद्धा दर्ता भएको हो ।

पि.आर. निर्माण सेवा, बिरुवा/सिंह एण्ड ब्रदर्श/पि.आर जे.भी., सिह एण्ड ब्रदर्श/पि.आर. जे.भि. सपना/पि.आर. जे.भि., बिरुवा/पि.आर. जे.भि., तुलसीभक्त्त/पि.आर./समृद्धि जे.भि. र सन्तोषि/पि.आर. जे.भि.का साझेदार एवं मुख्य कारोबारी पञ्चराम महर्जन, सपना निर्माण सेवा र सपना/पि.आर. जे.भी.का लिड पार्टनरहरु हरि प्रसाद ढकाल, केशब कुमार गौतम, बिसर्जन बर्तौला, समृद्धि निर्माण सेवा र तुल्सी भक्त/पि.आर./समृद्धि जे.भी.का पार्टनर सानुकान्छा मोक्तान, तुलसीभक्त कन्स्ट्रक्सन र तुल्सी भक्त/पि.आर./समृद्धि जे.भी.का पार्टनर नवराज श्रेष्ठ, बिरुवा कन्स्ट्रक्सन, बिरुवा/सिंह एण्ड ब्रदर्श/पि.आर. जे.भी. तथा बिरुवा/पि.आर.निर्माण सेवा जे.भी. का पार्टनर बालकृष्ण थापा, सुबित श्रेष्ठ पेम्बा लामा शेर्पा, कमल उप्रेति र हरिबंश पाण्डे, सन्तोषी निर्माण सेवा, सन्तोषी/पि.आर. जे.भी.का लिड पार्टनर केशबराज कडेल, उज्वल राज कडेल र लक्ष्मीकुमारी कडेललाई विपक्षी बनाई बिगो तथा जरिवाना वापत १८ करोड १० लाख ५० हजार ८३८ रुपैंया माग गर्दै मुद्धा दर्ता गरिएको हो ।

न्यू दिप इन्टरनेशनलका प्रोप्राइटर लखन ऋषिदेव मुसहरसँग पनि बिगो तथा जरिवाना वापत १५ करोड ६७ लाख ८३ हजार १८६ रुपैंया असुल गर्न माग गर्दै मुद्धा दर्ता भएको हो । डि.एन. इन्टरनेशनलका रामधारी रिषिदेवका बिरुद्धा दर्ता गरिएको विगो तथा जरिवाना वापत ११ करोड ७ लाख ८६ हजार ५३२ रुपैंया मागदावी गरिएको छ ।

हिमालयन नेपाल सप्लायर्सबाट झुठा तथा नक्कली कर बिजकको कारोबार गर्ने मुख्य ब्यक्ति नसिबकुमार झा, हिमालयन नेपाल सप्लायर्स, जिमी सप्लायर्स, र युनिक नेपाल सप्लायर्सका बैंक खाता संचालक रामसरोज यादब, सञ्चालक नितिन झा र प्रकाश मिश्रा, डि.आर.उपाध्याय एण्ड एसोसिएट्सका देवराज उपाध्याय, जे. गुरुङ एण्ड एसोसिएट्सका जगन्नाथ गुरुङ्गका बिरुद्ध पनि बिगो र जरिवाना गरी ७ करोड ८८ लाख ६६ हजार ६८० रुपैंया माग दाबी सहित मुद्धा दर्ता भएको विभगले जनाएको छ ।

श्री आर. पि. ट्रेडर्सका झुठा तथा नक्कली कर बिजकको कारोबार गर्ने मुख्य ब्यक्ति नसिबकुमार झा, बैंक खाता सञ्चालक सुभाष कुमार झा र प्रोप्राइटर फुलदेव झासँग पनि बिगो तथा जरिवाना माग गर्दै मुद्धा दर्ता भएको हो । ओम इन्फ्राटेकका सन्चालक उद्धव भट्टराई र रुवी महतो बिरुद्ध ५ करोड ७९ लाख ४५ हजार ७१४ रुपैयाँ बिगो तथा जरिवाना माग गर्दै मुद्धा दर्ता गरिएको हो ।

यसै गरी भारतीय नागरिकहरु बाबु भाई भन्ने शाकीर अली, प्यार मोहम्मद र अब्दूल सतार, खोटाङका राकेश राईबाट पनि २ करोड ९४ लाख १७ हजार २१६ रुपैंया बिगो तथा जरिवाना माग गर्दै उच्च अदलात पाटनमा मुद्धा दर्ता गरिएको हो । नितिश ईम्पेक्समा आबद्ध भारतीय नागरिक गिरधारी लाल तिब्रासँग मालवस्तु चोरी पैठारी तथा राजश्व चुहावट गरेको भन्दै विभागले बिगो तथा जरिवाना वापत २ करोड ३५ लाख ४७ हजार १५६ रुपैंया असुल गर्न माग गर्दै मुद्धा दर्ता गरेको हो ।

मोर्गन ट्रेड लिकं र फर्मका प्रोपाईटर विकास खत्री, सिन्धुपाल्चोकका शिव प्रसाद लामिछाने, शंकर लामिछाने, विराटनगरका चक्र बहादुर खत्री र खोटाङका गणेश कुमार भट्टराईबाट १८ करोड १० लाख ७२ हजार ८३८ रुपैंया र ८९ लाख ३६ हजार ८१० रुपैंया बिगो तथा जरिवाना माग गर्दै मुद्धा दर्ता भएको विभागले जनाएको छ ।

राइज अटो ट्रेडका सञ्चालक अबुलेश अन्सारीबाट ४१ लाख १९ हजार ५५६ रुपैंया बिगो तथा जरिवाना माग गर्दै मुद्धा दर्ता गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।