प्रोफिट बुकिङ्ग, तरलता र ब्याजदरको चेपुवामा शेयर बजार

0
Shares

बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकमको अभाव गहिरिँदै जादा त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा समेत परेको छ । साथै अल्पकालिन लगानीकर्ताहरु प्रोफिट बुकिङ्गमा सक्रिय हुँदा शेयर बिक्रीमा चाप पर्दा बजारम गिरावट आएको हो ।

दशैंपछिको कारोबार दिनहरुमा बढेको बजारमा तिहारपछि नाफा बुकिङ्ग गर्नेहरु सक्रिय हुँदा शेयर बिक्रीको चाप बढेको हो । तरलता अभावका कारण शेयर कर्जा असहज बन्दै गएको अवस्थामा आगामी महिनाबाट बचतको ब्याजदर बढ्ने चर्चाहरु चलेपछि बजारमा थप गिरावट आएको हो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गरिहँदा बजारमा चलखेल गर्नेहरुले अपुष्ट्र हल्लाहरु फैलाउँदा पनि लगानीकर्ता त्रैसित बन्न पुगेको देखिन्छ । धितोपत्र दलाल व्यवसायी (ब्रोकर)लाई दिएको ओभर ड्राफ्ट कर्जा नियन्त्रण गर्ने हल्लाको असर मंगलबारको बजारमा परेको हो । कतिपय स्क्रिप्टहरुमा कृत्रिम माग देखाएर मूल्य बढाउने प्रयास भएपनि चलखेल गर्नेहरु विफल भएका छन् ।

मंगलबार नेप्से सय अंकसम्म तल झरेको थियो । बजार बन्द हुने समयसम्म आईपुग्दा नेप्से सूचक ७९.७९ अंकले घटेर २७४९.८६ विन्दुमा बन्द भएको छ । मंगलबार २२५ कम्पनीका ६ अर्ब ५२ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भयो।

यसदिन नबिल बैंकको सबैभन्दा धेरै २९ करोड ८२ लाख रुपैयाँको शेयर किनेबेच भयो । साहस उर्जाको पनि २५ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ।
यसदिन तेह्रथुप पावर, साहास उर्जा र मानुषी स्मार्ट लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेर कारोबार भएको छ भने आइसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेकोे छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।