उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ बने धितोपत्र बोर्डका सञ्चालक, पहिलो पटक बैठकमा सहभागि


नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ नेपाल धितोपत्र बोर्डको सञ्चालक बनेका छन् ।

यस अघि महासंघका वरिष्ठ उपाध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा मुछिए पछि बोर्डको सञ्चालकबाट बाहिरिएका थिए ।

ढकालले बोर्डको सञ्चालकबाट राजिनामा दिए पछि रिक्त रहेको पदमा महासंघका उपाध्यक्ष श्रेष्ठलाई पठाउने निर्णय महासंघ अध्यक्ष शेखर गोल्छाले गरेका थिए । महासंघले श्रेष्ठलाई बोर्डमा पठाउने निर्णय पहिले नै गरे पनि बिहीबार श्रेष्ठले पहिलो पटक धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकमा सहभागिता जनाएका छन् ।

पहिलो पटक बोर्ड बैठकमा सहभागि श्रेष्ठलाई बोर्ड सञ्चालक समितिले स्वागत गर्दै नियमित प्रकृया अनुरुप बैठक सम्पन्न गरेको हो ।

अब श्रेष्ठले करिब डेढ वर्ष धितोपत्र बोर्डमा बिताउने छन् । उनी उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष हुन् । अटोमाबाइल, खाद्यान्न, स्टील, कन्फेक्सनरी, डेरी, प्याकेजिङ् लगायतका उद्योग तथा व्यवसायमा आबद्ध छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।