माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस पारित

0
Shares

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) को शुक्रबार सम्पन्न २३ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १४ प्रतिशत लाभांश (०.७ प्रतिशत नगद र १३.३० प्रतिशत बोनस लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको २३ औं वार्षिक साधारण सभाले बैंकको आर्थिक बर्ष २०७७/७८ को वार्षिकको सञ्चालक समितिको वार्षिक प्रतिवेदन , लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान बाँडफाँड, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण विवरणहरु समेत पारित भएको छ ।

उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा संचालक समितिले ञँकी कार्यकालसम्मको लागि नियुक्त गरेको सञ्चालकहरुको नियुक्ति अनुमोदन गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैंया ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ ।

स्थापना कालदेखि नै नयाँ-नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंक लि. आफ्ना १६२ वटा शाखाहरु लगायत १५४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३१६ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै बैंकको देशभर २०० वटा एटीएमहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।