एक अर्ब रूपैयाँको ऋणपत्र बिक्री गर्दै गरिमा विकास बैंक

0
Shares

गरिमा विकास बैंक (GBBL) ले दीर्घकालीन लगानीका लागि स्रोत संकलनका लागि एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले मंसिर १६ गतेदेखि बैंकले ७ वर्ष अवधिको ‘८.७५ प्रतिशत गरिमा डिबेञ्चर, २०८५’ को नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।

प्रतिकित्ता एक हजार रूपैयाँ अंकित दरमा जारी हुने १ अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्रमध्ये ४ लाख कित्ता सर्वसाधारणमा बिक्रीमा आउनेछ ।

सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । ३ लाख ८० हजार इकाईका सर्वसाधारणमा बिक्री हुनेछ । ऋणपत्रमा छिटोमा मंसिर २० गते र ढिलोमा पुस १ गतेसम्मसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताहरूले मेरो शेयरको मोबाइल एप तथा वेवसाइटबाट अनलाईनबाट तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू र बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडबाट समेत ऋणपत्रमा लगानी गर्न सक्नेछन् । न्यूनतम २५ कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।

बैंकले निष्कासन गर्ने कुल १० लाख कित्ता ऋणपत्रमध्ये ६ लाख कित्ता भने व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ । ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

ऋणपत्रका लगानीकर्ताले वार्षिक ८.७५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा ७ वर्षसम्म पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।