तीस करोड राजश्व छलीमा संलग्न तीन कम्पनीका संचालक विरुद्ध मुद्दा दायर

0
Shares

राजश्व अनुसन्धान विभागले करिब तीस करोड रुपैयाँ राजश्व छलीमा संलग्न तीन कम्पनीका संचालक विरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले उज्वल ट्रेड कन्सर्नका प्रोपाइटर रामवावु प्रसाद यादव, दिव्या ट्रेड कन्सर्नका प्रोपाइटर सरोज मण्डल, टोनी कन्सर्नको प्रोपाइटर शान्तिराम सिटौला विरुद्ध २९ करोड ७७ लाख ७४ हजार ४९९ राजस्व चुहावट गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

उज्वल ट्रेड कन्सर्न, दिव्या ट्रेड कन्सर्न र टोनी कन्सर्न ट्रेडको खाता सञ्चालक प्रदिप साह गोढले वस्तु तथा सेवाको कारोवार नगरी झुट्टा तथा नक्कली मु.अ.कर विजक मात्र जारी गरी मूल्य अभिबृद्धि कर ९ करोड १८ लाख र आयकर रकम २० करोड ५८ लाख ७५ हजार गरी कूल २९ करोड ७७ लाख ७४ हजार राजस्व छली गरेको विभागको ठहर छ ।

विभागले उक्त राजस्व रकम असुल उपर गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम हदैसम्मको जरिवाना तथा कैद सजाय हुन माग दाबी गरेको छ । 

यस्तै दर्तावाल लेखा परीक्षक जिल्ला आर वि शाह एण्ड एसोसिएट्सको प्रोपाईटरको रामवावु साह विरुद्ध गलत लेखा परीक्षण प्रतिवेदन तयार गरी राजस्व छली कार्यमा मतियारको कार्य गरेको भन्दै मुख्य प्रतिवादीहरुलाई हुने सजायको आधा सजायको माग दावी लिइ उच्च अदालत पाटनमा मंसिर १० गते अभियोग पत्र दायर गरेको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।