नयाँ सारथी लघवित्तमा निमित्त सीईओको जिम्मेवारी सरोज घिमिरेलाई

नयाँ सारथी लघवित्तमा निमित्त सीईओको जिम्मेवारी सरोज घिमिरेलाई

नयाँ सारथी लघवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सीईओ रामबहादुर खड्काले पदबाट राजीनामा दिएपछि नायव प्रमुख कार्यकारी सरोज घिमिरेलाई निमित्त सीईओको जिम्मेवारी दिइएको छ ।

सञ्चालक समितिको बैठकले मंसिर १८ गतेदेखि मंसिर ३० गतेसम्मका लागि प्रमुख कार्यकारीको अधिकार र जिम्मेवारी प्रयोग गर्ने गरी निमित्त सीईओको जिम्मेवारी दिएको हो ।

सीईओ खड्काले घरायसी कारण उल्लेख गरि दिएको राजीनामा मंसिर १७ बसेको सञ्चालक समितिको बैठकले पुस १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ मंसिर २०७८, आइतबार १० : ४५ बजे