सर्वोच्चद्धारा सेबोन अध्यक्ष ढुंगाना बर्खास्ती मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

0
Shares

सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भिष्मराज ढुंगानाले पुनर्बहालीको माग गर्दै कार्तिक ७ गते दायर गरेको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश तेज बहादुर केसीको एकल इजलाशले मंगलबार यस्तो आदेश दिएको हो ।न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी नहुने फैसला गरेको हो ।

सो मुद्दामा विपक्षी नेपाल सरकार मन्त्रिपरिषद प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ढुंगाना बर्खास्त गर्नुको कारण देखाउन सरकारको नाममा आदेश जारी गरेको छ ।

रिट निवेदन ढुंगानाको माग बमोजिम अन्तरिम आदेश दिने किन नदिने भन्ने विषयमा छलफल गर्न अदालतले दुबै पक्षलाई बोलाएको छ ।

सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानाले दिएका स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नभएपछि असोज १९ गते, मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गरेको थियो । अर्थ मन्त्रालयको सिफारिसमा उनलाई बर्खास्त गर्ने निर्णय भएको हो ।

यसअघि उनीसँग सरकारले स्पष्टिकरण सोधेको थियो ।असोज १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई स्पष्टिकरण सोध्ने निर्णय बमोजिम ढुंगानाले असोज १७ मा आइतबार स्पष्टिकरण बुझाएका थिए । स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नभएको भन्दै उनलाई हटाइएको हो ।

बर्खास्तीमा परेसँगै बोर्ड अध्यक्षमा पुनर्बहालीको माग गर्दै ढुंगानाले गत कार्तिक ७ गते सवोच्चमा मुद्धा दायर गरेका थिए । सरकार गैर कानुनी रुपमा हटाएर आफुमाथि अन्याय गरेको भन्दै उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।