नेपाल इन्भेष्टमेण्ट बैंकको नगद लाभांश वितरण

0
Shares

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (NIB) ले मंसिर १७ गते सम्पन्न ३५ औं वार्षिक साधारण सभाबाट पारित नगद लाभांश वितरण गरेको छ ।

बैंकको ३५ औं वार्षिक साधारण सभाले चुक्ता पूँजी १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० रुपैयाँको १२.९१ प्रतिशत बोनस सेयर र ३.३९ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

सभाबाट पारित भएको ३.३९ प्रतिशत नगद लाभांशको कर कटाएर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा अद्यावधिक बैंक खातामा रकम जम्मा गरिएको हो । बैंकले मंसिर ६ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराइसकेका शेयरधनीहरुलाई नगद वितरण गरेको जनाएको छ ।

मंसिर ६ गतेभन्दा पछि बैंक खाता अद्यावधिक गराउने लगानीकर्ताहरुको हकमा समेत क्रमशः नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामै जम्मा गरिदैं जाने बैंकले जनाएको छ । यस्तै हालसम्म पनि बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई यथाशीघ्र बैंक खाता अद्यावधिक गराउन पनि बैंकले आग्रह गरेको छ ।

सभाबाट पारित बोनस सेयर भने सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र नेप्सेमा सूचीकरणपछि बुकक्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ ।

बैंकको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।