नबिल बैंकले आह्वान गर्यो ३७ औं वार्षिक साधारण सभा

0
Shares

नबिल बैंक लिमिटेड (NABIL) ले पुस ३० गते शुक्रबार ३७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

गत आवको नाफबाट प्रस्तावित ३८ प्रतिशत लाभांश पारित गर्न बैंकले केन्द्रीय कार्यालय परिसर, नबिल सेन्टर, तीनधारा, दरबारमार्गमा बिहान साढे ९ बजे सभा बोलाएको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको चुक्ता पूँजीको ३३.६० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यस्तै सभाले नबिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, बैंकको अधिकृत पूँजी १० अर्ब पुर्याउने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्तावहरु अनुमोदन गर्नेछ ।

बैंकले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १६ गते शुक्रबार सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ । बुकक्लोज मिति अनुसार पुस १५ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।