राजश्व छलीमा संलग्न लार्ज ट्रेड लिङ्कका सञ्चालक विरुद्ध ३६ करोडको मुद्धा

0
Shares

राजस्व अनुसन्धान विभागले १८ करोड भन्दा बढी राजस्व छली गरेको अभियोगमा ३६ करोड बढी रकम माग दाबी गर्दै लार्ज ट्रेड लिङ्कका सञ्चालक विरुद्ध उच्च अदालत पाटनमा मुद्धा दायर गरेको छ ।

आयोगले १८ करोड ३५ लाख २२ हजार २८६ रुपैयाँ राजस्व छलि गरेको अभियोगमा लार्ज ट्रेड लिङ्का संचालक अर्जुन प्रसाद पटेल लगायत जय किशोर साह, सुर्यजित प्रसाद साह र तोयनाथ अधिकारी विरुद्ध मुद्धा दायर गरेको हो ।

उनीहरुले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मुल्य अभिवृद्दि कर (भ्याट) विजक खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरको राजस्व चुहावट गरेको आयोगले जनाएको छ ।

आयोगका अनुसार उक्त कम्पनीले मूल्य अभिवृद्धि कर ६ करोड १५ लाख ९६ हजार ९२७ रुपैयाँ, लाभांश कर १ करोड ५४ लाख ५६७ रुपैयाँ र आयकर १८ करोड ३५ लाख २२ हजार २८६ रुपैयाँ राजस्व छली गरेको अनुसन्धानबाट खुलेपछि ३६ करोड ७० लाख ४४ हजार ५७२ रुपैयाँ माग दाबी गर्दै आयोगले मुद्धा दायर गरेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।