नबिल बैंकको मोबाइल बैंकिङबाट खल्ती वालेटमा पैसा राख्न सकिने

0
Shares

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले नबिल बैंक लिमिटेडसँग सम्झौता गरेको छ ।

अब नबिल बैंकका ग्राहकहरुलाई नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ एप) मार्फत खल्तीमा पैसा लोड गर्न सम्भव बनाएको छ ।

यो साझेदारीसँगै नबिल बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको नबिल स्मार्टबैंक एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन्

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काका अनुसार यो पार्टनरसिपले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालका लागि अर्को एउटा कोसेढुंगा सावित हुनेछ ।

त्यस्तै, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकका ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा पुर्याउन खल्तीसँग सहकार्य गरेकोमा खुशी व्यक्त गरे ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।