सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा राम कुमार गिरी

0
Shares

सिन्धु विकास बैंक (SINDU) को प्रमुख कार्यकारी अधिकृृत (सीईओ) पदमा राम कुमार गिरीलाई नियुक्त गरिएको छ ।

बैंकको सञ्चालक समितिको मिति २०७८ पुस २६ गते सोमबार सम्पन्न ३३९ औं बैठकले सोमबारबाट लागू हुने गरी आगामी ४ वर्षका लागी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको बैंकको कम्पनी सचिव रबिन कुवर क्षेत्रीले जानकारी दिए ।

गिरी विगत १ वर्षदेखि सिन्धु विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए ।

बैंकिङ्ग क्षेत्रमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव रहेको गिरीले नेपाल बंगलादेश बैंक, सनराईन बैंकमा काम गरेको अनुभव छ । उनले कम्युनिटी डेभलपमेण्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत  तथा एक्सल डेभलपमेण्ट बैंकमा नायब प्रमुख कार्यकारीको रुपमा काम गरी सकेका छन् ।

सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंक सिन्धु विकास बैंकमा कर्मचारी सञ्चय कोष लगायत बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत सहितको सञ्चालक समिति रहेको छ । बैंकले हाल प्रधान कार्यालय बाह्रविसे तथा बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा, पालुङ्ग, विकासचोक, लाहुरेचोक, चनौलि, नारायणगढ, हेटौडा, ठोकर्पा र लामोसाँघु गरी कुल २४ शाखा तथा सुकेटे र सिलढुङ्गामा सीमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल २६ स्थानबाट वित्तिय सेवा प्रदान गर्दै आई रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।