माछापुच्छ्रे बैंकको खुद नाफा २६ प्रतिशतले बढ्यो

0
Shares

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) को खुद नाफा २५.९२ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा ८० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब १ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको हो ।

दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा ६४ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रहेको बैंकको वार्षिक प्रतिसेयर आम्दानी १५.६५ बाट बढेर १९.७१ रुपैयाँ पुग्दा प्रतिसेयर नेटवर्थ १३४.५० रुपैयाँ, खराब कर्जा अनुपात ०.५७ प्रतिशत, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.२१ प्रतिशत, कस्ट अफ फण्ड ६.७८ प्रतिशत, आधार दर ८.७९ प्रतिशत र मूल्य आम्दानी अनुपात (पीई रेसियो) १६.८४ गुणा छ ।

पुस मसान्तसम्ममा बैंकले १ खर्ब ३७ अर्ब ४९ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३१ अर्ब ९९ करोड ७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ३१ अर्ब ६१ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब ५७ करोड २० लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

पुस मसान्तसम्मा बैंकको खुद ब्याज आम्दानी २ अर्ब २४ करोड ८७ लाख रुपैयाँ पुगेको छ । गत आवको यहि अवधिसम्म १ अर्ब ९८ करोड ८४ लाख रुपैयाँ रहेको थियो । गत आवको पुसमा १ अर्ब १५ करोड ५१ लाख रुपैयाँमा सीमित बैंकको सञ्चालन मुनाफा २५.६३ प्रतिशतले बढेर १ अर्ब ४५ करोड १२ लाख रुपैयाँ पुगेको छ ।

बैंकको जगेडा कोषको अकार १४.१८ प्रतिशत बढेर २ अर्ब ८६ करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा २ अर्ब ५० करोड ८५ लाख रुपैयाँ रुपैयाँ सञ्चित थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।