झण्डै दश खर्बको आयात हुँदा व्यापार घाटा ८ खर्ब ८० अर्ब नाघ्यो

0
Shares

चालु आर्थिक वर्षको ६ महिनामा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५१ प्रतिशत धेरैले आयात बढेको छ । आयात उच्चदरले बढेपछि यसअवधिमा व्यापार घाटा समेत साढे ४६ प्रतिशत धेरैले बढेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालले झन्डै १० खर्बको सामान आयात गरेको छ । साउनदेखि पुससम्मको अवधिमा नेपालले ९ खर्ब ९९ अर्ब ३४ करोड बराबरको सामान आयात गरेको हो।

जुन अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा आयात ५१.१३ प्रतिशतले धेरै हो । अधिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालले ६ खर्ब ६१ अर्ब बराबरको सामान आयात गरेको थियो ।

चालु आवको ६ महिनाको अवधिमा नेपालबाट १ खर्ब १८ अर्ब बराबरको सामान निर्यात भएकोे छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा निर्यात ९५.४८ प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालले ६० अर्ब ७९ करोड बराबरको सामान निर्यात गरेको थियो।

निर्यात बढेपनि चालु आर्थिक वर्षको ६ महिनामा नेपालको ब्यापार घाटा ८ खर्ब ८० अर्ब पुगेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा नेपालको ब्यापार घाटा ४६.६४ प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको ब्यापार घाटा ६ खर्ब मात्रै थियो।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।