नेपाल बैंकको ६ महिनाको खुद नाफा साढे १ अर्ब नजिक

0
Shares

मुलुककै जेठाे नेपाल बैंक लिमिटेड (NBL) ले चालु आर्थिक वर्ष २०७८।७९ को दोस्रो त्रैमाससम्ममा १ अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले चालु आवको ६ महिनामा कमाएको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३५ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४१ करोड ३ लाख रुपैयाँ छ ।

चुक्ता पूँजी १४ प्रतिशत बढेर १४ अर्ब ४० करोड ५९ लाख ४ हजार रुपैयाँ पुग्दा वार्षिक प्रतिसेयर आम्दानी भने १.७० रुपैयाँ घटेर १९.६७ रुपैयाँमा संकुचित बनेको छ ।

पुस मसान्तसम्ममा बैंकले १ खर्ब ८२ अर्ब ८४ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६३ अर्ब १० करोड ९५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट बैंकले ३ अर्ब २ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी र १ अर्ब ४१ करोड ४७ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा बैंकको निक्षेप संकलन १२.३०, कर्जा लगानी २०.४५ प्रतिशत र खुद ब्याज आम्दानी १.८० प्रतिशतले बढेको हो भने सञ्चालन नाफा भने २० प्रतिशतले घटेको छ ।

सार्वजनिक वित्तीय विवरण अनुसार ३८ करोड ७४ लाख सम्भावित कर्जा नोक्सनी व्यवस्था गरेको बैकंको १३ करोड २४ लाख रुपैयाँ डिफर्ड ट्याक्स फिर्ता भएपछि बैंकको खुद नाफा बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको जगेडा कोष ३.३१ प्रतिशत घटेर १९ अर्ब ८९ करोड ७१ लाख कायम हुँदा प्रतिसेयर नेटवर्थ २३८.१२ रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा अनुपात १.९१ प्रतिशत, कस्ट अफ फण्ड ५.५२ प्रतिशत, आधारदर ६.९२ प्रतिशत, सिडी रेसियो ८९.६२ प्रतिशत, पूँजीकोष अनुपात १५.३९ प्रतिशत र मूल्य आम्दानी अनुपात १९.३७ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।