राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र निष्काशन गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले चार वर्ष अवधिको लागि १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८२ ‘ङ’ निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको हो ।

केन्द्रीय बैंकले जारी गर्ने उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । सर्वसाधारण लगानीकर्ताबाट भने विगतमा विकास ऋणपत्र खरीदमा खासै चासो देखाएको देखिँदैन ।

ऋणपत्र माघ १६ गते ३ बजेसम्म अनलाइन प्रणालीबाट बोलकबोल पेश गर्नुपर्ने छ । माघ १७ गते निष्काशन हुने ऋणपत्रको साँवा २०८२ माघ १७ गते भुक्तानी गरिने छ भने अर्धबार्षिक रुपमा ब्उाज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र धितो राखेर कर्जा लिन दिने सकिने छ ।

ऋणपत्रमा प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने छ । प्रतिस्पर्धीको लागि ८५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड र अप्रतिस्पर्धीको लागि १५ प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ छुटयाईएको छ ।

यसअघि राष्ट्र बैंकले गत बुधबार २ वर्षै अवधिको १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८० ‘ङ’ निष्कासन गरेको थियो ।

निश्चित ब्याजदर दिई सरकारले देशभित्रै ऋण संकलन गरेर आफ्ना विभिन्न योजनाका लागि स्रोत जुटाउन ऋणपत्र तथा बचतपत्रलाई माध्यमका रुपमा पटक पटक प्रयोग गर्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।