नेपाल बैंकको गैरआवासीय नेपाली लक्षित निक्षेप खाताहरु सञ्चालनमा

0
Shares

मुलुककै जेठो वाणिज्य बैंक नेपाल बैंक लिमिटेड (NBL) ले गैरआवासीय नेपालीहरु (एनआरएनए) लाई लक्षित गरी आकर्षक सुविधाहरुसहितका एनआरएन निक्षेप खाताहरु सञ्चालनमा ल्याएको छ ।

विदेशमा बस्ने गैरआवासीय नेपालीहरुले अब अनलाइनबाटै नेपाल बैंकमा विदेशी मुद्रामा बचत र मुद्दती खाता खोल्न सक्नेछन् । अमेरिकी डलर, पाउन्ड स्टर्लिङ र अस्ट्रेलियन डलरमा नेपाल बैंकमा बचत तथा मुद्दति खाता खोल्दा उच्चतम ब्याज दिने बैंकले जनाएको छ ।

अमेरिकी डलरमा बचत तथा मुद्दती खाता खोल्दा वार्षिक ब्याजदर क्रमशः ४.५ प्रतिशत र ५ प्रतिशत दिने बैंकले जनाएको छ भने अन्य विदेशी मुद्राको निक्षेपमा पनि आकर्षक व्याजदर दिने बैंकले जनाएको छ ।

बचत तथा मुद्दती खाता दुबैमा न्यूनतम मौज्दात अमेरिक डलर ५ हजार वा सोबराबरको अन्य विदेश मुद्रा हुनुपर्ने छ । एनआरएन खाता गैरआवासीय नेपाली तथा गैरआवासीय नेपालीबाट प्रवद्र्धित विदेशस्थित संस्थाको नाममा र गैरआवासीय नेपालीको नाममा संयुक्त रुपमा पनि खाता खोल्न सकिने बैंकले जनाएको छ ।

यस प्रकारको खाता खोल्नका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैरआवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि समावेश गर्नुपर्दछ । यसका साथै बैंकिङ प्रणालीबाट मात्र रकम जम्मा गर्न र फिर्ता गर्न सकिने समेत बैंकले जनाएको छ भने मुद्दती खाता कम्तीमा १ वर्ष वा सोभन्दा बढी अवधिका लागि खोल्न सकिनेछ ।

बैंकले नेपाल अधिराज्यभर २१३ शाखा, १४७ एटीएम मेसिनका साथै ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको छ । बैंकले ग्राहक सेवामा व्यापक सुधार गरी हाल आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।