नेप्सेमा दोहोरो अंकको गिरावट, टेलिकमको सेयर मूल्य नयाँ उचाइमा

0
Shares

अघिल्लो दिन एक सय अंक माथि उक्लिएको सेयर बजार सोमबार दोहोरो अंकले घटेको छ । छोटो समयमै उच्च अंकले बढेको बजारमा नाफा सुरक्षित गर्नेहरु हाबी हुँदा बजारमा गिरावट आएको हो ।

सोमबार नेप्से १४.४८ अंकले घटेर परिसूचक २८७१.०५ बिन्दुमा झरेको छ । यसदिन २२५ कम्पनीको १ करोड १ लाख ५ हजार ६६९ कित्ता सेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५९८ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट देखिएको छ । यसदिन अन्य, माइक्रोफान्स र इन्भेष्टमेन्ट समूहका बोहक सबै सबै सूचक ओरालो लागेका छन् ।बैंकिङ १९.५२, विकास बैंक ११०.१५, फाइनान्स ४३.१७, जलविद्युत २३.०६, जीवन बीमा २२१.३२, निर्जीबन बीमा १७८.७६ अंकले घटेको छ ।

बजारमा दोहोरो अंकको गिरावट आएपनि ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । फरवार्ड माइक्रोफाइनान्स, वन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमी नेपाल हाईड्रोपावरको शेयरमूल्य दश प्रतिशतका दरले बढेको छ । यस्तै नेपाल टेलिमको शेयर मूल्यले पनि नयाँ उचाई लिएको छ । टेलिकमको शेयरमूल्य प्रतिकित्ता १५७० रुपैयाँ पुगेको छ ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक ५७ करोड १२ लाख ७८ हजार ६ सय ३९ रूपैयाँको कारोबार भएको छ ।
माउन्टेन हाइड्रो नेपाल लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ३।४४ प्रतिशतले घटेर ५ सय ६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।