सिटिजन्स बैंकद्वारा ग्राहकको सहजताका लागि कल सेन्टर सेवा स्थापना

0
Shares

सिटिजन्स बैंकले डिजिटल बैंकिङ्गको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै माघ २३ गते आइताबारदेखि नयाँ सिटिजन्स सर्पोट सेन्टर (कल सेन्टर) सेवा  सञ्चालनमा ल्याएको छ ।

अब यस बैंकका ग्राहकहरुले बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन गर्न सक्नेछन् ।

ग्राहकहरूले ०१५९७००६८ नम्बरमा फोन गरी तथा इमेल गरी कल सेन्टरको सुविधा प्राप्त गर्न सक्नेछन् ।

हाल आठ घण्टाको लागि सुरुवात गरिएको यो कल सेन्टरको प्रयोगले ग्राहकहरुलाई सहज ढंगले बैंकिङ्ग सेवा र सूचना प्राप्त गर्न सहयोग पुग्ने बैंकले जनाएको छ । क्रमशस् सेवाको समयावधि पनि थप्दै लगिने योजना रहेको छ ।

देशभरि रहनुभएका १३ लाख भन्दा बढी ग्राहकहरुलाई यो सेवाको आरम्भ भएसगै बैकसँग थप नजिक हुन सहज हुने विश्वास बैंकको छ ।

सिटिजन्स बैंकले नगद रहित बैंकिङ्ग, व्यत्तिको उपस्थित बिनाको बैकिङ्ग, प्रणालीको स्व सञ्चालनतर्फ अफूलाई अग्रगामी बनाउँदै लगेको कुरा सो कार्यक्रममा उपस्थित बैंकका व्यवस्थापकहरुलाई प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए । अबको बैंकिङ्ग ग्राहकहरुलाई सरल , सुलभ, सुरक्षित, सहज बनाउँदै प्रविधिको अत्याधिक प्रयोग गर्ने गरी काम अघि बढाउन उपस्थित व्यवस्थापकहरुलाई पोखरेलले अनुरोध गरे ।

सिटिजन्स बैंकले डिजिटल बैंकिङ्गमा अत्याधिक प्रयोग बढाउदै लगेको छ । प्रविधि मैत्री र नयाँ पुस्ता बैंकिङ्गमा सिटिजन्सले आगामी दिनमा अत्याधिक प्राथमिकतामा राखि सञ्चालन लागत घटाउन र ग्राहक मैत्री सहजता दिने विश्वास पनि पोखरेलले व्यक्त गरे । बैंकले आगामी दुई बर्ष भित्रको डिजिटल बैंकिङ्ग सम्बन्धी मार्गचित्र समेत बनाएर अघि बढेको सीईओ पोखरेलले बताए ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।