कर्जा लगानी योग्य रकम उपलब्ध गराउँदै राष्ट्र बैंक, आउट पर्चेजको रेट नै ५ प्रतिशत

0
Shares

बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी योग्य रकम अभावका लागि सहज बनाउन आउटराइ पर्चेज मार्फत ऋण लिन तछाड मछाड गरेका छन् । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई ३० अर्ब रुपैयाँ दिन खोजेको भएपनि लिने बैंक वित्तीय संस्थाहरुले अस्वभाविक प्रतिस्पर्धा गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले फागुन ५ गते बिहीबार २०७९ असार मसान्तसम्म भुक्तानी मिति भएको ट्रेजरी बिल खरीद गरेर बैंक तथा वित्तीय संस्थाहरुलाई केही लामो अवधिको ऋण दिन खोजेको थियो ।

तर, अधिकांश बैंक वित्तीय संस्थामा निक्षेप अभावका कारण कर्जा लगानी गर्न नसकेको अवस्था छ ।

राष्ट्र बैंकले उक्त आउटराइट पर्चेज मार्फत दिएको पैसाले कर्जा लगानी गर्न पाइने भएकाले पनि बैंक वित्तीय संस्थाले प्रतिस्पर्धा गरेका हुन् ।

सो आउटराइट पर्चेका लाग १७ बैंक तथा वित्तीय संस्थाले विभिन्न ब्याज दर तोकेर ७६ वटा निवेदन दिएका थिए । आउट राइट पर्चेजको ब्याजदर औषतमा ४.२६ प्रतिशत कायम भएको छ । औसत ब्याजदर ४.२६ प्रतिशत कायम भएपनि उच्चतम दर ५.१३ र न्यूनतम ३.५५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले निष्कासन गरेको ३० अर्ब रुपैयाँ बराबरको आउटराइट पर्चेज २८ अर्ब ७० करोडको मात्र बिक्री भएको छ । तर, त्यसका लागि ३९ अर्ब ८८ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो ।

त्यसैगरी शुक्रबार बैंक वित्तीय संस्थाले दैनिक तरलता कायम गर्नका लागि नेपाल राष्ट्र बैंकबाट १० अर्ब रुपैयाँ स्थायी तरलता सापटी लिएका छन् । शुक्रबार ६ वटा कारोबारकाबाट महंगो दरमा दैनिक तरलता व्यवस्थापनका लागि सो रकम लिएका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।