बजेट मार्फत कर प्रणाली सुधारका लागि आन्तरिक राजश्वले माग्यो सुझाव

0
Shares

आन्तरिक राजस्व विभागले आगामी बजेट मार्फत गर्नुपर्ने कर प्रणाली सुधारका लागि सरोकारवालहरुसँग सुझाव माग गरेको छ ।

विभागको नीति विश्लेषण शााखाले आगामी आर्थिक वर्ष २०७९/८० के आर्थिक ऐन तथा बजेट तर्जुमाको सन्दर्भमा आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तशुल्कको क्षेत्रमा गर्नुपर्ने सुधारका लागि सरोकारवालसँग सुझाव माग गरेको हो ।

यस्तै विभागले समग्र कर प्रणाली सुधारका बिषयमा नीतिगत र कानूनी सुधारका साथै प्रक्रियागत सरलिकरण सम्बन्धीका सुझाब फागुन मसान्तभित्र पेश गर्न आग्रह गरेको छ। सुझाव विभागको नीति विश्लेषण शाखाको ईमेल ठेगानामा पठाउन आग्रह गरको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।