आगामी वर्षदेखि एसईई प्रदेशलाई जिम्मा दिने तयारी छ: शिक्षामन्त्री

आगामी वर्षदेखि एसईई प्रदेशलाई जिम्मा दिने तयारी छ: शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी वर्षदेखि एसईई प्रदेशलाई जिम्मा दिने तयारीमा रहेको बताएका छन् ।

धादिङको गंगाजमुना गाउँपालिकाको शिवालय र तामाङखर्क माविको बुधबार भवन उद्घाटन गर्दैं मन्त्री पौडेलले प्रदेश सरकारलाई सो जिम्मेवारी हस्तातरण गरिने बताएका हुन् ।

साथै संविधान अनुसार अधिकार दिने विषयमा आफू प्रतिबद्ध रहेको बताउँदै शिक्षक महासंघसँग गरेको सहमति कानुनअनुसार कार्यान्वयन गर्ने बताए ।

शिक्षक महासंघसँग गरेको सहमति संघीयता विरोधी नभएको बताउँदै उनले भने, “शिक्षक महासंघसँग गरेको सहमतिको विषयमा विभिन्न सवालहरु उठेका छन्’ मन्त्री पौडेलले भने, ‘संघीयताको मर्मअनुसार कानुनसँग नबाझिने तरिकाले कार्यान्वयन हुन्छ ।”

मन्त्री पौडेलले शिक्षामा बजेटको आकार बढाउने विषयमा प्रधानमन्त्रीसँग पनि छलफल गरेको बताउँदै आगामी वर्षमा बजेटको आकार बढ्ने बताए । ‘शिक्षा सुधारका लागि योजना बनाएका छौं,’ मन्त्री पौडेलले भने, ‘आगामी वर्षको बजेटमा शिक्षामा बजेटका आकार बढ्छ ।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २६ फागुन २०७८, बिहीबार ११ : ३१ बजे