सुनचाँदीको मूल्य आइतबार स्थीर, भाउ कति ?

0
Shares

सुनको मूल्य साताको पहिलो दिन आइतबार नेपाली बजारमा स्थीर रेहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनचाँदीको मूल्य स्थीर बनेको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४०० रुपैयाँ निर्धारण गरिएको छ ।

गत शुक्रबार पनि सुनको कारोबार सोही मूल्यमा भएको थियो । यस्तै आज सुनसँगै चाँदीको मूल्य पनि स्थीर बनेको छ ।

आइतबारका लागि चाँदीको मूल्य तोलाको १ हजार ४०० रुपैयाँ कायम गरिएको छ । गत शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार-चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ९५८ डलर र चाँदी प्रतिऔंस २५ दशमलव ५३ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।