“एनआईबिएल समृद्धि फण्ड -१” ले इकाईधनीको लगानी रकम फिर्ता गर्दै

0
Shares

एनआईबिएल म्युचअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआईबिएल समृद्धि फण्ड-१ ले आफ्ना इकाईधनीहरुले लगानी गरेको रकम यहि चैत १३ बाट फिर्ता गरेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको तथा एनआईबिएल एस क्यापिटल लि. योजना व्यवस्थापनमा संचालित “एनआईबिएल समृद्धि फण्ड (१” २०७८ पुस २२ मा परिपक्व भएको थियो।

फण्डले फिर्ता भुक्तानी रकम प्रचलित कानुन बमोजिम कर कट्टा गरी इकाईधनीहरुको हितग्राही खातामा रहेकोे बैंक खातामा नै जम्मा गर्ने जानकारी गराएको छ ।

यस योजनाले १० रुपैयाँ अंकितदरका कुल १० करोड इकाईको सार्वजनिक निष्कासन गरेको थियो । योजनाको अन्तिम प्रति इकाई खुद सम्पत्ति मुल्य १२.७४ रुपैयां कायम भएको छ र सो अनुसार नै फिर्ता भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

सचांलन अवधि ७ वर्ष रहेको यस योजनाले औषत वार्षिक १७.९९% प्रतिफल प्रदान गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा यस योजनाका इकाईधनीहरुले सर्वाधिक ३५% नगद लाभांश पाएका थिए ।

आर्थिक वर्ष २०७२/७३, २०७३/७४, २०७४/७५, २०७५/७६ र २०७६/७७ मा भने क्रमशः १५%, १८%, १२%, ६.५% र १२% नगद लाभांश लगानीकर्ताहरुले पाएका थिए ।

हाल सम्म, यस क्यापिटलले “एनआईबिएल म्युचुअल फण्ड“ अन्तर्गत तीनवटा बन्दमुखी र एक खुलामुखी म्युचुअल फण्ड योजनाहरू सञ्चालनमा ल्याइसकेको छ । साथै नयाँ बन्दमुखी योजना एनआईबिएल ग्रोथ फण्ड नेपाल धितोपत्र बोर्डमा पेश भएर प्रारम्भिक चरणमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।