रुस–युक्रेन युद्धका कारण विश्वको स्टील आपूर्ति श्रृङ्खलामा अवरोध


रुस–युक्रेन युद्धको प्रभाव विश्व स्टील आपूर्ति श्रृङ्खलामा देखा परेको छ । स्टील उत्पादनमा विश्वकै ठुला मानिएका रुस र युक्रेन दुबै देश द्धन्द्धमा होमिएपछि स्टील आपूर्ति श्रृङ्खलामा अबरोध पुगेको हो ।

दुई देशबीचको युद्ध नरोकिँदा र पश्चिमा देशहरुले रुसमाथि कडा प्रतिबन्धहरु लगाउँदा रुसले निर्यात गर्ने कैयौँ सामग्रीहरुको आपूर्तिमा समस्या परेको छ । युद्ध लम्बिँदै जाँदा त्यसको प्रभाव स्टीलमा परेको जापानी स्टील उद्योगहरुले बताएका छन् ।

युद्ध अगावै पनि कोभिड–१९ले गर्दा चीनमा भएको लकडाउन र विश्वव्यापी रुपमा भएको चीप अभाव र आकाशिएको इन्धनको मूल्यले स्टीलको माग अनुसारको आपूर्ति हुन सकेको थिएन । पहिले नै सिर्जना भएको स्टीलको अभावमा युद्धले झन् समस्या निम्त्याएको छ । रुस स्टील उत्पादनको संसारकै सबैभन्दा ठूलो बजार रहेको र रुसबाट स्टील आयातमा प्रतिबन्ध लगाउँदा त्यसले विश्वव्यापी रुपमा समस्या सिर्जना गर्ने जापान स्टील तथा फलाम व्यवसायी महासंघका अध्यक्ष इजी हासिमोटोले बताएका छन् । यसका साथै जापानी येन कमजोर हुँदा व्यापारमा झन् समस्या आएको हासिमोटोले जानकारी दिए ।

सन् २०१२ मा येन कमजोर भएपनि जापानले विश्व बजारमा प्रतिस्पर्धा गर्न सफल भएको थियो । तर, अहिलेको अवस्था विल्कुलै फरक किसिमको रहेको निपोन स्टीलका अध्यक्षले बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।