सुस्तायो सेयर बजार, सूचकसँगै कारोबारमा पनि गिरावट

0
Shares

निरन्तर ओरालो लाग्ने क्रममा रहेको सेयर बजारमा सूचकसँगै कारोबार पनि सुस्ताउन थालेको छ । बजार निरन्तर ओरालो लागेपछि कारोबार रकमले समेत गिरावट आउन थालेको छ । 

सस्तो मूल्यमा शेयर खरिदगर्नेहरुको चाप घटेपछि सेयर बिक्रीको मात्रा घट्दा कारोबार समेत घटेको हो । गत साता बजारमा झण्डै ७० अंकको गिरावट आएको थियो। साताभरको कारोबारमा बुधबार एक दिन मात्र बजार बढ्दा बाँकी कारोबार भएका सबै दिन दोहोरो अंकले घटेको थियो।

आइतबार नेप्से परिसूचक ३०.८९ अंक घटेर २५१३.४१ विन्दुमा झरेको छ। यस २२५ कम्पनीको ३२ लाख ५३ हजार कित्ता सेयर १ अर्ब ४६ करोड ७ लाख ७३ हजार रुपैयाँ बराबरमा किनबेच भएको छ । गत बिहीबार १ अर्ब ८९ करोड रूपैयाँको मात्र कारोबार भएको थियो।

यसदिन कारोबारमा आएका अधिकांश उपसूचक ओरालो लागेका छन्। अन्य उपसमूह सबैभन्दा धेरै ३।१३ प्रतिशतले ओरालो लागेको छ । सामूहिक लगानी कोष उपसमूहमा भने स्थिर जस्तै रह्यो ।

यस दिन राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ्ग नेपाल र नेष्डो समृद्ध लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यी तीन वटै कम्पनी भर्खरै आईपीओ जारी गरेर दोस्रो बजारमा प्रवशे गरेका हुन । जलपा सामुदायिक लघुवित्तको भाउ चार प्रतिशतले बढ्दा युनाइटेड इदी मार्दी र सूर्या लाइफ इन्स्योरेन्सको शेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ।

सूर्या लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ९ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।