गभर्नर अधिकारी के कारणले निलम्बनमा परे ?


सरकारले नेपाल राष्ट्र बैंककागभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आकस्मीक बैठकले गभर्नर अधिकारीलाई निलम्बनगरी डेपुटीगभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिने निर्णयभएको प्रधानमन्त्री कार्यालयले जनाएकोे छ ।


गभर्नर अधिकारीले महत्वपूर्ण सूचनाहरु चुहाएको भन्दै मन्त्रीपरिषदले निलम्बनसँगै छानविन समिति समेत गठन गरेको छ । विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशन सम्बन्धी सूचना औपचारिक रुपमाजारी हुनु पूर्व नै राष्ट्र बैंकबाट बाहिरिएको थियो ।

अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारी बीच सुरुवात देखि नै अदृष्य दोन्द्धचल्दै आएको थियो । मुलुकलाई आर्थिक संकटबाट रोक्न पटक–पटक लिखित र मौखिक सुझावदिँदै आएका अधिकारीलाई अर्थ मन्त्रीशर्माको पहलमा निलम्बन गरिएको हो ।

गभर्नर अधिकारीले केहि दिन अघिमात्रै अर्थमन्त्रीशर्मालाई अर्थतन्त्र सुधारका लागि लिखित सुझाब पेश गरेका थिए । गभर्नरको सुझाब अर्थ मन्त्रालयमा पुग्नु अगावै मिडियामा सार्वजनिक भएपछि अर्थमन्त्री शर्मा गभर्नर अधिकारी प्रति रुष्ट थिए ।

साथै अछामका पृथ्वीबहादुर शाहको खातामा अमेरिकाबाट आएको शंकास्पद ४० करोड छुटाउन राष्ट्र बैंकले रोक्का राखिदिएपछि अर्थमन्त्री नै सक्रिय भएको खबरहरु आएपछि अर्थमन्त्री गभर्नर प्रति थपकठोर बनेका थिए । अर्थमन्त्रीशर्माले राष्ट्र बैंकलाई शाहको खाता फुकुवा गरिदिन अनुरोध गरेको बिषय बाहिरिए पछि गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णयामा पुगेका हुन् ।

अधिकारीलाई २०७६ साल चैत २४ मा तत्कालीन केपीओली सरकारले गभर्नर नियुक्त गरेको थियो । सरकार परिवर्तनपछि अर्थमन्त्री बनेका जनार्दन शर्माको अधिकारीसँग सम्वन्ध राम्रो बन्न सकेको थिएन ।

थप समाचारहरु:-

सरकारद्धारा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन

आफ्नै कारणले सृजित अर्थतन्त्रको समस्यालाई राष्ट्र बैंकले किन श्रीलंकासँग तुलना गर्दैछ ?

नीतिगत व्यवस्थाका कारण अर्थतन्त्रको बाह्य क्षेत्र व्यवस्थापनमा सुधार : गभर्नर अधिकारी

नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरासयी हुँदैन: अर्थमन्त्री

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।