नेपाल पूँजीबजार लगानीकर्ता संघद्धारा प्रधानमन्त्रीलाई ४ बुँदे ज्ञापनपत्र: समस्या साधानका लागि आग्रह

0
Shares

सरकारको नीतिका कारण पूँजीबजार ओरालो लाग्न थालेपछि सेयर लगानीकर्ताका संघ मध्येको एक नेपाल पूँजीबजार लगानीकर्ता संघका पदाधिकारीहरुले प्रधानमन्त्री भेटेर चार बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

संघको अध्यक्ष राधा पोखरेलको नेतृत्वमा प्रधानमन्त्री निपास बालुवाटार पुगेर प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट गरेका हुन् । भेटमा उनीहरुले धितोपत्र बजारको विकास र विस्तारका लागि चार बुँदे माग समेत पेश गरेका छन् ।

उनीहरुले पूँजी बजारको विकास र विस्तारका गरि सात प्रदेश र ७७ जिल्लामा पुर्याउनका लागि बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, सेयर धितो कर्जामा लगाइएको ४।१२ को क्यापलाई पूर्ण रूपमा खारेज गर्नुपर्ने, भारित औषत दर १५० लागू गर्ने निर्णय भएकोमा सो निर्णय खारेज गरी पुरानै भारित औषत दर १०० कायम गर्नुपर्ने र बैंकहरुको कर्जा पूँजी निक्षेप (सिसिडी) गणनालाई कर्जा निक्षेप अनुपात कायम गरिएकोमा यसलाई खारेज गरी पूनः सिडी रेसियो नै कायम गर्नुपर्ने माग बुझाएको हो ।

संघकी अध्यक्ष पोखरेलले भेटघाटका क्रममा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई फोन गरी पूँजीबजारमा देखिएका समस्या तत्काल हल गर्न निर्देशन दिएको बताइन् । गभर्नर अधिकारीलाई आमलगानीकर्ताको समस्या सुन्ने मात्र होइन र उचित समाधान पहिचान गरी कार्यान्वयन गर्नसमेत निर्देशन दिएको उनको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।