दुई जलविद्युत परियोजना निर्माणका लागि २५ अर्ब ९२ करोड लगानी स्वीकृत

0
Shares

लगानी बोर्डको बैठकले दुईवटा जलविद्युत परियोजनाहरुको निर्माण तथा विकास गर्न २५ अर्ब ९२ करोड बराबरको लगानी स्वीकृति गरेको छ ।

प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेर बहादुर देउवाको अध्यक्षतामा बसेको बोर्डको ५१ औं बैठकल् दोलखा जिल्लामा अवस्थित ९९.८ मेगावाट क्षमताको तामाकोशी पाँचौका लागि १६ अर्ब ४५ करोड ९८ लाख तथा म्याग्दी जिल्लामा अवस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत परियोजनाका लागि ९ अर्ब ४७ करोड ३० लाख रुपैयाँ स्वीकृति गरेको छ ।

बैठकले पश्चिम सेती र सेती नदी -६ संयुक्त जलविद्युत परियोजनाको विकास तथा लगानीको खाका तयार गर्ने प्रयोजनका लागि गठन गरिएको अध्ययन समितिले पेश गरेको सिफारिस सहितको प्रतिवेदन आवश्यकता अनुसार कार्यान्वयन गर्दै जाने निर्णय गरेको छद्ध । साथै एनएचपिसी लिमिटेड गभरमेन्ट अफ इन्डिया इन्टरप्राइजेज ले उक्त परियोजना वार्ता द्वारा कार्यान्वयनका लागि दिएको निवेदनका सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद् समक्ष निर्णयका लागि सिफारिस गरेको छ ।

९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको विकासकर्ता कम्पनी जिइमआर कर्णली हाइड्रा्पावर लिमिटेडले ले २४ महिना भित्रमा वित्तीय व्यवस्थापन सम्पन्न गर्ने गरी शर्त सहित म्याद थप गर्न नेपाल सरकार मन्त्रिपरिषद् समक्ष निर्णयका लागि सिफारिस गरेको छ ।  त्यसैगरी बैठकले भेकल म्यानुफ्याक्चरीङ्ग एण्ड एश्म्वेली प्लान परियोजनाको विकासका लागि प्रस्तावक मोटरेक्स को लिमिटेृड । संग वार्ता प्रकृया सुचारु गर्ने निर्णय गरेको छ ।

बैठकमा सम्माननीय प्रधानमन्त्री देउवाले जलविद्युत क्षेत्रमा जलाशययुक्त परियोजना विकासमा जोड दिनुका साथै परियोजना विकास तथा संचालन गर्दा नेपालले गरेका अन्तराष्ट्रिय प्रतिवद्धता अनुरुप वातावरणमैत्री प्रविधिहरुको अबलम्बन गर्न निर्देशन दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।