सुनको मूल्य तोलामा मंगलबार ६०० रुपैयाँले घट्यो

0
Shares

पहेँलो धातु सुनको मूल्य नेपाली बजारमा मंगलबार घटेको छ । सोमबारको तुलनामा सुनको भाउ मंगलबार तोलामा ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको मूल्य ६०० रुपैयाँले घटेर छापावाला सुनको भाउ प्रतितोला ९७ हजार ५०० रुपैयाँ तथा तेजावी सुनको भाउ ९७ हजार रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको १ हजार २७५ रुपैयाँमा झरेको छ ।

नेपाली बजारमा सोमबार सुन तोलामा २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९८ हजार १०० रुपैयाँ तथा तेजावी सुनको भाउ ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ सोमबार १५ रुपैयाँले बढेर तोलाको १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८४० र चाँदी प्रतिऔंस २२.९० डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।